नियम २५
बालबालिकाको अधिकारको संरक्षणको लागि आदेश दिन सक्ने
: (१) बाल अदालतले मुद्दाको कुनै पनि चरणमा कसूरजन्य कार्यको आरोप लागेका बालबालिकाको अधिकारको संरक्षणको लागि उपयुक्त र आवश्यक आदेश दिन सक्नेछ ।

(२) बाल अदालतले मुद्दाको कुनै पनि चरणमा कसूरजन्य कार्यको आरोप लागेका बालवालिकालाई पुनर्स्थापना गर्न उपयुक्त र आवश्यक आदेश दिन सक्नेछ ।

(३) वाल अदालतले कसूरजन्य कार्यको आरोप लागेका बालबालिकाको ऐन बमोजिमको कुनै अधिकारको कार्यान्वयन अनुसन्धान“ अधिकारी वा सरकारी वकिलले नगरेको जानकारी सम्बन्धित पक्षले गराएमा त्यस्तो अधिकारको कार्यान्वयन गर्न सम्बन्धित अधिकारीलाई आदेश दिन सक्नेछ ।